दमौली अस्पतालमा अब गोवद्र्धन मेमोरियल आँखा उपचार केन्द्र स्थापन हुने           

तनहुँका प्रजातन्त्र सेनानी स्वर्गीय गोवद्र्धन शर्मा पोखरेलको स्मृतिमा दमौली अस्पतालमा गोवद्र्धन मेमोरियल आँखा उपचार केन्द्र स्थापना हुने भएको छ ।

स्वर्गीय शर्माको १०८ औं जन्म जयन्तिको अवसर पारी मंगलबार दमौलीमा एक कार्यक्रमकाबीच मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले केन्द्रको शिलान्यास गरेको छन् ।

स्वर्गीय पोखरेलले राणाशासन हटाउने सशस्त्र आन्दोलन तथा पञ्चायतकालीन कांग्रेस नेतृत्वको आन्दोलनका सशक्त योद्धा थिए । उनी नेपाली कांग्रेस तनहूँका संस्थापक भएको पनि नेताहरुले बताएका छन् ।

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस विषय समावेश गरिसकेको पनि मुख्यमन्त्री पोखरेलले बताए । त्यसैगरी अब केन्द्रले दमौली अस्पतालकै एक विभागका रुपमा आँखाको उपचार सेवा प्रदान गर्ने तनहुँ जिल्लाका आम नागरिकको यसको फाइदा लिने विश्वाश लिएको छ ।

मुख्यमन्त्री पोखरेल प्रजातन्त्र सेनानी शर्माका छोरा पनि हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?