बिश्वब्यापी रुपमा फैलिएको कोभिड १९ को सक्रमणको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्राशासन तनहुँले आदेश जारी गरेको छ । बिशेष गरि नेपालीहरुको महान चाड शुभ दिपावली तिहार तथा छड लगाएतका चाडपर्बलाई लक्षित गरि आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले दमौली अनलाईनलाई जानकरी दिएका छन् ।
बरालले दमौली अनलाईनसंग कुरा गर्दै कोभिड १९ को सक्रमणको अवस्था अझै कायमै रहेकाले बिशेष गरि नजिकिदै गरेकको शुभ दिपावली तिहार तथा छड लगाएतका चाडपर्ब मनाउने सन्दर्भमा सक्रमणको दर कम गर्न र सकेसम्म जोखिम युक्त बनाउने गरि आदेश जारी गरेको साथै सावधानीपूर्वक मनाउन समेत आग्रह गरेका छन् ।
के के छन् त प्रशासनको जारी आदेशमा ?
• चाडपर्ब मनाउंदा अनावश्यक जम्काभेट नगरि पारिवारको सदस्यहरुको बीचमा मनाउने ।
• जिल्ला भित्र कुनै किसिमको मेला महोत्सव गर्न नपाउने ।
• सवारीसाधनमा नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बढि यात्रु राख्न नपाउने ।
• उधोग,ब्यापार,ब्यबसाय गर्दा सरकारले तोकेको मापदण्ड पुरा गर्नुपर्ने ।
• देउसी भैलो रति १०:०० बजे भन्दा पछाडि खेल्न नपाउने ।
• पटका,अतासबाजी, झिरझिरे तथा भुँईचम्प जस्ता बिस्पोटक जन्य बस्तुहरुको प्रयोग गर्न तथा ओसारपसार र बिक्रीवितरण गर्न नपाउने ।
• जुवातास खेल्ने लगायत कानुनले बर्जित गरेको कार्यहरु गर्न नपाउने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?