दमौली : तनहुँमा डेंगी संक्रमितको सङ्ख्या ६ हजार बढी नाघेको छ ।जिल्लामा हाल छ हजार चार सय ८४ डेंगी संक्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।
व्यास नगरपालिकामा मात्रै पाँच हजार चार सय १५ डेंगी संक्रमित रहेका छन् । व्यासको सबैभन्दा बढी व्यास–१ मा एक हजार चार सय ३०, वडा नं २ मा एक हजार तीन सय ४९, वडा नं ३ छ सय ३१, वडा नं ४ मा नौ सय ५४, वडा नं ५ मा दुई सय ५९, वडा नं ६ मा ९२ र वडा नं ७ मा ७४ जना रहेका हुन् ।
त्यसैगरी, वडा नं ८ मा १४, वडा नं ९ मा ७५, वडा नं १० मा एक सय ८२, वडा नं ११ मा एक सय ६३, वडा नं १२ मा ७०, वडा नं १३ मा ८४ र वडा नं १४ मा ३४ जना संक्रमित रहेका छन् । कूल संक्रमितको ८४ प्रतिशत व्यास नगरपालिकामा मात्रै रहेको तथ्याङ्कमा उल्लेख छ ।
जिल्लाको अन्य पालिकामा शुक्लागण्डकी नगरपालिकामा चार सय, ऋषिङ गाउँपालिकामा एक सय ८९, भिमाद नगरपालिकामा एक सय ८०, म्याग्दे गाउँपालिकामा एक सय तीन, भानु नगरपालिकामा ८३, बन्दीपुर गाउँपालिकामा ४६, आँबुखैरेनी गाउँपालिकामा ३९, देवघाट गाउँपालिकामा १४ र घिरिङ गाउँपालिकामा नौजना संक्रमित भएका छन् ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?