दमौली : पृथ्वी राजमार्ग तनहुँको आँबुखैरेनी गाउँपालिका -४ बेनिटारबाट चोरी भएको मोटरसाइकलसहित एक जनालाई बिहिवार नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा रौचहट चन्द्रपुर नगरपालिका-८ बस्तीपुरका ३५ वर्षीय अनुकेश कुमार चौधरी रहेको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।
बजाज कम्पनीको बा.प्र. ०२-०४२ प ६७१९ नम्बरको मोटरसाईकलको कागजात चेकजाँच गर्ने क्रममा सवारी दर्ता किताव पेश गर्न नसकेको र शंका लागि चौधरीलाई पक्राउ गरिएको थियो।
मोटरसाइकल सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ६ वस्ने २१ वर्षीय विधान श्रेष्ठको रहेको भन्ने जानकारी प्राप्त प्रहरी नायव उपरीक्षक खाँणले बताए ।
उक्त मोटरसाइकल चौधरीले कात्तिक १४ त्रिवि क्रिकेट मैदानको सार्वजनिक पार्किङ स्थलवाट चोरी गरी ल्याएको र नम्वर प्लेटबा.प्र. ०२-०४१ प २३२९ लाई समेत परिवर्तन गरेका थिए।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?