राष्ट्रिय जनगणना २०७८ अन्तर्गत मुल गणना भोलिदेखि सुरु हुने भएको छ ।त्यसको सम्पूर्ण तयारी पूरा भएको जिल्ला जनगणना तनहुँका प्रमुख नन्दलाल सापकोटाले जानकारी दिए ।
उनका अनुसार बिहीबारदेखि शुरु हुने जनगणनाका लागि तनहुँमा ४ सय ९० जना गणक फिल्डमा खटिने भएका छन् ।उनीहरुले हरेक घर, परिवारसम्म पुगेर तथ्यांक संकलन गर्नुपर्ने छ ।जनगणनामा खटिने गणकलाई सहजीकरण गर्न तनहुँमा १३० जना सुपरीवेक्षक खटिएका छन् ।
उनीहरुलाई दिने सबै प्रकारको तालिम पूरा भएको तनहुँका प्रमुख सापकोटाले जानकारी दिए । यस पटकको जनगणनावाट वडागत घरपरिवारको आर्थिक अवस्था , सामाजिक, कुन परिवारमा कतिजना, परिवारमा कतिजनाको बैंकमा खाता खोलेका छन्, ऋण लिएका छन् वा छैनन , सरकारी अनुदानमा बनेका घर, ब्याबसायिक, प्राविधिक शिक्षा तालिम, बसाइसराई , धर्म, लिङ्ग लगायत विविध कुराहरू जनगणनाबाट प्राप्त हुने बताइएको छ ।
जनगणनामा सोधिने प्रश्नको उत्तर गोप्य रहने भन्दै सापकोटाले सबैलाई ढुक्क भएर भाग लिन आग्रह गरेका छन् ।
एक जना गणकले औसतमा १५ दिनमा भौगोलिक विकटता हेरी १ सय ८० देखि २ सय ५० घरधुरीको तथ्यांक लिनु पर्नेछ ।जसमा तनहुँ जिल्ला भरिमा ९१ हजार घरधुरी रहेको सापकोटाले बताए ।
केन्द्रीय तथ्याङ्क विभागले यसअघि असार ८ गतेदेखि जनगणना गर्ने तयारी गरेको थियो । तर, कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि स्थगित भएको जनगणना भोलिदेखि सुरु हुन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?