समाचारलाई लिएर पत्रकार लामिछानेमाथि धम्की दिएकोप्रति महासंघको ध्यानाकर्षण

दमौली : समाचारको विषयलाई लिएर अनलाइन खबर र पब्लिक फोरके टेलिभिजनका तनहुँ संवाददाता सविन लामिछानेलाई सवारी चालकले धम्क्याएकोप्रति नेपाल पत्रकार महासंघ तनहुँले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बुधवार महासंघका सचिव प्रताप रानाले विज्ञप्ति जारी गर्दै व्यास-६ सिन्धु मार्गमा चल्ने ग १ ज ७५०५ नम्बरको सवारीसाधनले क्षमता भन्दा बढी यात्रु बोकेको समाचार प्रकाशन गरेपश्चात सवारी चालक सुजन श्रेष्ठले लामिछानेलाई धम्की दिएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

श्रेष्ठले लामिछानेको घरमा पुगी बाबुआमालाई गालीगलौज गरी ज्यान मार्ने धम्की दिएको जारी विज्ञप्तिमार्फत् जनाइएको छ । घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै महासंघले दोषीलाई कारवाहीको माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?