दमौली : चोरी मुद्धामा अदालतबाट धरौटीमा छुटेका बन्दीपुर-४ भैसेखोरबाट पुन: चोरी मुद्धामा एक जना पक्राउ परेको छ ।
पक्राउ पर्नेमा बन्दीपुर-४ भैसेखोरका २३ वर्षीय मनबहादुर गुरुङ रहेका छन् । गत भदौ २४ गते अदालतबाट धरौटीमा छुटेका उनी दुई महिनामै पक्राउ परेका हुन् ।
कात्तिक २४ गते दिउँसो सोही वडाको बालाबजार बस्ने वर्ष ६ को रन्जित प्रजापतिले कानमा लगाएको सुनको मुन्द्रा ललाई फकाई गरेर चोरी गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
निजले उक्त मुन्द्रा भानु नगरपालिका- साजबोटे स्थित एक सुनचाँदी पसलमा सात हजार दुई सय पचासमा बेचेका थिए। प्रहरीले निजको साथबाट दुई हजार पॉच सय बरामद गरेको जनाएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?