प्रधानमन्त्री प्रचण्ड आज आवुँखैरेनी आउँदै

दमौली : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आँबुखैरेनी आउने भएका छन् ।

तनहुँको आँबुखैरेनी गाउँपालिका अन्तर्गतको आँबुखैरेनी अस्पतालको १५ शैयाको उक्त अस्पतालको उद्घाटन गर्न आज प्रधानमन्त्री प्रचण्ड आउने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

सो कार्यक्रममा उपस्थितीकोलागि अध्यक्ष चुमानले सम्पुर्ण राजनीतिक दल, संघ संस्था, विद्यालयल, आमा समुह, टोल विकास संस्था, युवा क्लव तथा सम्पुर्ण गाउँपालिकाबासीलाई अनुरोध गरेका छन् ।

सोही दिन प्रधानमन्त्री प्रचण्डलले तनहुँको आवुँखैरेनी र गोरखा नगरपालिका जोड्ने मस्र्याङदी नदीमा निर्माण भएको मोटरेबल पुलको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?