दमौली : नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य राजेशकुमार श्रेष्ठ नेपाली कांग्रेस तनहुँको प्रशिक्षकमा नियुक्त भएका छन् ।
युथ कांग्रेसका केन्द्रीय महासचिव समेत रहेका श्रेष्ठलाई कांग्रेस तनहुँले प्रशिक्षकमा नियुक्त गरेको हो ।
पार्टी उपसभापति एवं प्रशिक्षण शाखा प्रमुख देवकुमार श्रेष्ठले उनलाई पार्टीको गत साउन १२ को निर्णय अनुसार प्रशिक्षकको जिम्मेवारी दिने निर्णय गरेको उल्लेख गरेका छन् ।
पार्टीको नीति, नियम, विधान तथा नियमावली अनुसार विभिन्न स्तरमा आयोजना हुने प्रशिक्षण कार्यक्रममा श्रेष्ठले प्रशिक्षकको भूमिका निभाउनेछन् ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?