दमौलीमा छठको रौनक [फोटोफिचर]

दमौली : सूर्यको आराधना र उपासना गरी मनाइने छठपर्वको दमौलीमा पनि रौनक छाएको छ। छठपर्वको मूख्यदिन आज छठमा ब्रत बसेका श्रद्धालुहरु व्यास नगरपालिका-३ स्थित मादी नदीको किनारमा निर्माण गरेको छठ घाटमा जम्मा हुन थालेका छन्।

यस्तै छठपर्वको रौनक हेर्न अन्य श्रद्धालु तथा भक्तजनहरुको पनि राप्ति तटमा भिड बढ्न थालेको छ। आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व मनाइँदै छ। राप्तितटमा बनाइएको छठ घाटमा पूजासामग्रीसहित भक्तजन पुगेका छन्।

पूजासामग्रीले राप्ति किनार भरिएको छ। छठमा बासको ढाकी, नाङ्लोमा डगरी, उखु, केरा, हल्दी, अदुवा, कागती, मुला, नरिवल, पान, सुपारीसहितका फलफूल तथा माटोका हाथी, ढकनी, घैला आदिले पुजास्थल भरिभराउँ भएको छ।

आजको दिनमा सूर्यलाई चढाउन ल्याइएको सामग्री घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्यलाई चढाएर अघर््य दिइन्छ। यस्तै भोलि बिहान् उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ सम्पन्न हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?