दमौलीमा मंसिर ८ गते लोकप्रिय स्वास्थ्य क्लिनिकले निःशुल्क स्वास्थ्य शिविर गर्ने

दमौली : तनहुँको सदरमुकाम दमौलीमा रहेको लोकप्रिय स्वास्थ्य क्लिनिक प्रा.लि.ले मंसिर ८ गते शुक्रबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

व्यास नगरपालिका–२ गणेशमानचोकमा रहेको उक्त क्लिनिक हाल सोही वडाको भेटघाट चोकमा सरेको अवसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको  हो ।

शिविरमा पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका बरिष्ठ फिजिसिएन डा.कृष्णराज अधिकारीद्वारा पेट,छाती,मुटु,सुगर,थाइराइड,दम लगायतका रोगको निःशुल्क स्वास्थ्य परीक्षण गरिने छ ।

उक्त क्लिनिकका व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले उदघाटन गर्ने कार्यक्रम रहेको क्लिनिक संचालक राजु दाहालले जानकारी दिए ।
पनि संचालक दाहालले जानकारी दिए । बिहान सबेरैदेखि संचालन हुने स्वास्थ्य शिविरमा निशुल्क पेट, छाती, मुटु तथा ब्लडसुगर नशा र अन्य जाँचमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको संचालकले जनाएका छन् ।

थप सेवा र सुविधा सहित लोकप्रियलाई नयाँ भवनमा स्थान्नतरण गरी नागरिक माझ परिचित गराउने लक्ष्यका साथ शुभारम्भ गर्न लागेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?