तनहुँ – नेपालीहरुको महान चाड दशैँ ,तिहार तथा छठ सकिए संगै यति बेला भने किसानलाई बाली भित्र्याउने चटाराले छोइसकेको छ ।
तनहुँको सबैभन्दा ठुलो फाँट मध्ये ब्यास नगरपालिका वडा नं. ५ मा पर्ने संगे फाँटमा यतिबेला किसानहरु काटेको धन थन्क्याउने काम जारी छ ।कतै भने धन पाकेर पहेलों सुन झैँ झुलिरहेका देख्न सकिन्छ ।
यो मंसिर महिना किसान खेतबारीमै आफूले लगाएको अन्न भित्र्याउन भ्याइनभ्याइ काम गरिरहेका भेटिन्छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?