माैरीबजारमा ट्रकको ठक्करबाट श्रीमतीकाे मृत्यु, श्रीमान् र दुई छाेरा घाइते

दमौली : तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा ट्रकको ठक्करबाट शनिवार साँझ एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद नगरपालिका–९ थामडाँडा बस्ने २६ वर्षीया सुकमाया विक रहेको जिल्ला प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

दमौली तर्फबाट पोखरातर्फ जाँदै गरेको ग १७ प ६५९७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जादैँ गरेको बा.प्र.०१–००६ ख २८६१ नं. को ट्रकले ठक्कर दिँदा घाइते सुकमायाको उपचारका क्रममा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मृत्यु भएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

दुर्घटनामा परी मोटरसाइकलमा सवार तीनजना घाइते भएका छन् ।

मोटरसाइकल चालक सुकमायाका श्रीमान् रामचन्द्र विक, छोरा तीन वर्षीय सुमन र ६ वर्षीय गुराँस घाइते भएका छन् । घाइते तीनैजनाको जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?