नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत तनहुँ जिल्लामा वडा र नगर अधिवेशन सौहर्दपूर्ण वातावरणमा सम्पन्न भइसकेको छ । शुरुमा क्रियाशिल सदस्य तथा कांग्रेस नेता एवं कार्यकर्ताहरुलाई हार्दिक धन्यवाद टक्र्याउन चाहन्छु। नवनिर्वाचित सम्पूर्ण क्षेत्रीय प्रतिनिधि वडा पदाधिकारीहरु तथा नगरका सम्पूर्ण कार्य समिति ज्युहरुलाई बधाई तथा धन्यवाद दिन चाहन्छु । मंसिर ३ गते हुन गईरहेको प्रदेश सभा क्षेत्रीय अधिवेशन तर्फ हामी सबै उत्सुकताका साथ अगाडि बढिरहेका छौ । यसै सिलसिलामा क्षेत्र न.१ प्रदेश २(ख)को सभापति पदमा मैले आफ्नो उम्मेदवारी प्रस्तुत गर्ने निर्णय गरिसकेको छु ।
म २०३८ सालमा नेबिसंघको सदस्य लिएर सुरु भएको मेरो राजनितिमा २०४२ को सत्य ग्रह हुँदै २०४४ सालमा बन्दीपुर क्याम्पस ईकाइको सचिबको जिम्मेवारी निर्वाह गरिसकेको छु। ।त्यसपछिको मेरो राजनीतिमा निरन्तता रहिआएको छ ।२०४६ सालको जनान्दोलनमा समेत मेरो सक्रिय भूमिका रहेको थियो ।
२०४७ साल देखि शिक्षक संघमा आबद्ध रही २०५२ सालमा ने. शि.संघको जिल्ला सदस्यमा निर्बाचित भएको थिएँ ।२०५६ साल देखि भने ने. शि.संघ साबिक केशवटार गा.बि.स. स्तरीय अध्यक्ष पद जिम्मेवारी साथ कार्य गर्दै २०७१ मा शिक्षाण पेशाबाट निवृत्त भइ केशवटार मा.बि को वि.ब्या.स. अध्यक्ष निर्बाचित भएर सेवा गरिसकेको छु।मेरो राजनीतिक यात्रामा २०७२ सालको १३ औं महाधिवेशन साबिक केशवटार गा.बि.स.स्तरीय ने.का. को पार्टी सभापतिमा निर्बिरोध निर्बाचित भई २०७४ सालमा स्थानीय तहको निर्बाचनमा ने.का. को तर्फबाट अत्यधिक मतले विजय भएर स्थानीय जनताको घरदैलोमा पुगेर सेवा गर्दै जनताको मन जित्न सफाल भएको छु ।
मेरो अहिले सम्मको अनुभव र शैक्षिक योग्यता हेर्ने हो भने मैले केशवटार मा.बि को १० बर्ष प्र.अ भइ पूर्ण सफल कार्यकाल बिताएको छु । त्यसैगरी छाब्दी बाराही बिकास कोष समितिमा लामो समय देखि सल्लाहकारको भूमिका निर्वाह गरेको छु ।मैले त्रिभुवन विश्वबिद्यालयबाट एम.ए र पुर्वान्चल विश्वबिद्यालयबाट एम.एड समेत गरेको छु।अहिलेको युग सुहाउँदो ड्राइभिङ र कम्प्युटर ज्ञान भएको हुँदा जुन सुकै काममा सहज र सरल ढंगबाट सम्पादन गर्नुका साथै द्वन्द व्यवस्थापनमा समेत मोटिभेसनल स्किलका साथ समन्वयकारी भुमिका निर्वाह गर्दै अाएको छु ।
अग्रज नेताज्यूहरु, व्यासनगर पालिकाका १,१२,१३,र १४ नं. वडा,बन्दीपुर गा.पा.आँबुखैरेनी गा.पा. र देबघट गा.पा. का सम्पूर्ण क्षेत्रीय प्रतिनिधि, मतदाताज्यूहरु, साथीभाइहरु, शुभेच्छुक ज्यूहरु सबैले यस पटकको प्रदेश सभा क्षेत्रीय सभापतिमा मेरो स्वभाविक उम्मेदवार ठानी अत्याधिक मतका साथ विजय गराइ दिनुहुन हार्दिक अपिल गर्दछु ।
“म यस क्षेत्रीय सभापतिमा निर्वाचित भए निम्न कार्यहरु गर्ने प्रतिज्ञा गर्दछु ।“
नेपाली कांग्रेस पार्टीलाई संगठित र सुदृढ गरि संस्थागत रुपमा बलियो बनाउने ।
नेपाली कांग्रेसलाई युवा लक्षित गराई जनताको घर-घर सम्म पुर्याउने ।
पार्टीलाई नैतिकतमा आधारित राजनीति जगको निर्माण गर्ने ।
वि.पि. को आदर्श, सिद्दान्त र बिचारलाई व्यक्ति व्यक्तिहरुमा प्रशिक्षित गराउने ।
सबै नेता तथा नेतृत्वको सम्मान सहित पार्टीलाई एक ढिक्का बनाउने ।
आगामी सबै निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार लाई अत्यधिक मतका साथ बिजय गराउने आदि ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?