सुन्दरबजारमा हुने एमालेको जनसभामा तनहुँबाट ५ हजार कार्यकर्ता सहभागी हुने

दमौली : मंसिर २२  नेकपा एमालेले लमजुङको सुन्दरबजारमा गर्ने जनसभामा तनहुँबाट पाँच हजार जना कार्यकर्ता  सहभागिता हुने दाबी गरेको छ ।

मंगलबार दमौलीमा पत्रकार सम्मेलन गर्दै एमालेले जनसभामा तनहुँबाट पाँच हजार कार्यकर्ता सहभागी हुने एमाले तनहुँका उपसचिव एवं प्रचार विभागका प्रमुख प्रदिपराज अधिकारीले जानकारी दिए ।

निर्धारित जनसहभागिता जुटाउन केन्द्रीय सदस्यदेखी प्रदेश कमिटि, जिल्ला कमिटि र पालिका कमिटिका सदस्यहरुलाई जिम्मेबारी तोकिएको एमाले तनहुँका उपसचिव एवं प्रचार विभागका प्रमुख प्रदिपराज अधिकारीले बताए ।

सो जनसभामा धेरै भन्दा धेरै जनसहभागिता गराउने र त्यसकोलागि १० वटै स्थानीय तह कमिटिहरु परिचालन गर्ने निर्णय भएको एमाले तनहुँका उपाध्यक्ष हरिराज कंडेलले बताए । जनसभामा उपस्थित गराउन पालिका तोकेरै जनसहभागिताको संख्या निर्धारण गरिएको कडेलले बताए ।

पहाडको विकास नभएसम्म सिंगो देशको विकास हुन नसक्ने भएको कारण समेत यात्राले महत्व राख्ने उपसचिव अधिकारीले बताए । साथै तनहुँका उत्पादनहरुको प्रचार र प्रवद्र्धन गर्न जिल्लाका विशेष उत्पादन सुन्तला, पिडालु, मास र अदुवाको प्रर्दशनी गरिने बताइएको छ ।

एमालेले गत मंसिर १४ गतेदेखी देखी सुरु गरेको मध्यपाहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग)मा पर्ने बैतडीको झुलाघाटदेखी पाँचथरको चिवाभन्ज्याङ सम्मको संकल्प यात्रा अन्तर्गत सो लोकमार्गमा पर्ने लमजुङको सुन्दरबजारमा आगामी मंसिर २२ गते जनसभामा हुने भएको छ । उक्त जनसभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?