नेपाली कांग्रेसको महाधिवेशन अन्तगर्त प्रदेश सभा क्षेत्र नं. २(ख) मा इन्द्र आलेको नेतृत्वमा सर्वसम्मत चयन

दमौलीः तनहुँको नेपाली कांग्रेसको महाधिवेशन अन्तगर्त प्रदेश सभा क्षेत्र नं. २(ख) मा इन्द्र आलेको नेतृत्वमा सर्वसम्मत कार्य समिति चयन भएको छ ।

उक्त कार्य समिति पदाधिकारीमा उपसभापति ईमानसिं थापा र आनन्ददेव श्रेष्ठ  रहेका छन् ।
यसैगरी, सचिवमा सुशीलकुमार श्रेष्ठ र अशोक गिरी तथा सह सचिवमा माधव लम्साल र चुननारायण श्रेष्ठ सर्वसम्मत भएका हुन् ।

कार्य समितिका सदस्य खुलातर्फ, ध्रुवकुमार श्रेष्ठ, नारायणप्रसाद भट्टराई, मथुराकृष्ण श्रेष्ठ,राजेन्द्र अर्याल, बिष्णुबिर थापा, श्रीराम आले र मदन थापा चुनिएका छन् ।

खुल्ला महिला तर्फ भने भविसरा आले, निरा आले, र सीता कुमाल रहेका छन्

त्यस्तैगरी जनजाती महिलातर्फ रोमाया थापा र तिलिसरा थापा सर्वसम्मत भएका हुन्  ।
दलिततर्फ कुलबहादुर विक, खस आर्यतर्फ विजयराज सुवेदी र अपाङ्गता अल्पसंख्यकतर्फ चीनबहादुर आले सर्वसम्मत निर्वाचित भए ।

अधिवेशन पूर्व नै  सबै पदाधिकारी सर्वसम्मत चयन  हुने जिल्लामा यो नै पहिलो प्रदेश समिति हो । अन्यत्र भने  शुक्रबार हुने मतदानका लागि उम्मेदवारी मनोनयन चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?