नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत तनहुँका दुई प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन भएको छ । एउटामा मतदानमार्फत र अर्कोमा निर्विरोध नेतृत्व चयन भएको हो ।
तनहुँ क्षेत्र नम्बर १ (क) को सभापतिमा विश्वेश्वर खनाल निर्वाचित भएका छन् । शुक्रबार राति सम्पन्न मतगणनाबाट दुई सय ९० मत प्राप्त गर्दै खनाल सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी शेष मोहम्मद हनिफ (गोरा मियाँ) ले दुई सय १६ मत प्राप्त गरेका छन् ।
यसैगरी उपसभापतिमा बलबहादुर पोखरेल, राजु खड्का, सचिवमा ईश्वरप्रसाद पौडेल र हरिप्रसाद ढकाल, सहसचिवमा माधव न्यौपाने र मीनबहादुर गुरुङ निर्वाचित भएका छन् । प्रदेश प्रतिनिधिमा कमल पण्डित, चिरञ्जीवि अधिकारी, ज्योति श्रेष्ठ, तुलसीराम सापकोटा, बाबुराम बगाले, सुरेश थापा, हरिदत्त पौडेल, एजिला ढकाल, कान्छीमाया तामाङ, तीर्थमाया पौडेल, ओजराज पौडेल, विद्या जिसी, अमर गुरुङ, मनिलाल श्रेष्ठ, केशकुमारी राना मगर र बुद्धकुमार परियार विजयी भएकको निर्वाचन समितिले जनाएको छ ।
तनहुँ क्षेत्र नम्बर १ (ख) को सभापतिमा काजीमान श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार बिहान सकिएको मतपरिणाम अनुसार २२० मत प्राप्त गरी श्रेष्ठ सभापतिमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी राजेन्द्र पियाँले १५४ मत प्राप्त गरेका छन् ।
उपसभापतिमा बाबुराम श्रेष्ठ,राधादेवी खनाल सचिवमा लक्ष्मीकान्त मिश्र, हरिशरण खनाल सहसचिवमा गोपाल थापा , राजु पौडेल विजयी भएका छन् ।प्रदेश प्रतिनिधिमा पवित्रा गौली, विद्या खनाल, शान्ता बास्तोला, कर्णबहादुर गुरुङ, निमबहादुर मगर, प्रेम बहादुर गुरुङ, सुवास अधिकारी, मदन पण्डित, तुलक कैनी, गिरबहादुर थापा, महेश भट्टराई, पन्चमाया गुरुङ, विमला थापा, तम बहादुर दरै, बिपीन गुरुङ, अमृत नेपाली र चित्तबहादुर थापा विजयी भएका छन् ।
नेपाली काङग्रेस तनहुँ २ (क) को सभापतिमा जितराज राना विजयी भएका छन् । शनिबार बिहान सकिएको मत परिणाम अनुसार रानाले २३८ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी हिराबहादुर थापाले १८१ मत प्राप्त गरेका छन् ।
उपसभापतिमा पशुपति क्षेत्री , रेशमलाल पौडेल विजयी भएका छन् । सचिवमा राजेशकुमार श्रेष्ठ , हरि भण्डारी सहसचिवमा केश बहादुर थापा र मुक्तिप्रसाद सापकोटा विजयी भएका छन् ।
प्रदेश प्रतिनिधिमा तुल बहादुर गुरूङ , रविचन्द्र पौडेल , लोकेन्द्र थापा , श्रीबहादुर थापा , शिव बहादुर आले, शिवशरण वाग्ले , समुन्द्रराम श्रेष्ठ ,बासना श्रेष्ठ, बिना खनाल र सुलोचना गौतम, जुक्त्तराज वाग्ले, निशादेवी पौडेल, अन्जन कुमार श्रेष्ठ , हिरालाल गुरूङ , सीता कुमाल , डोल बहादुर सुनार र निर पुन विजयी भएका छन् ।
यसैगरी क्षेत्र नम्बर २ प्रदेश (ख) को सभापतिमा इन्द्रबहादुर आले निर्विरोध निर्वाचित भएका छन । उपसभापतिमा इमानसिंह थापा ,आनन्ददेव श्रेष्ठ सचिवमा सुशीलकुमार श्रेष्ठ , अशोक गिरी, सहसचिवमा चुननारायण श्रेष्ठ र माधव लम्साल निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी प्रदेश अधिवेशन प्रतिनिधिमा विष्णुवीर थापा, नारायणप्रसाद भट्टराई, ध्रुवकुमार श्रेष्ठ, सीता कुमाल, मदन थापा, मीरा आले थापा, श्रीराम आले, मथुराकृष्ण श्रेष्ठ, राजेन्द्र अर्याल, भविसरा आले, विजयराज सुवेदी, पदमबहादुर थापा, तिलिसिरा थापा, रोमाया थापा, प्रभात आले, कुलबहादुर सुनार र चिनबहादुर आले निर्विरोध निर्वाचित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?