लागु औषधसहित चितवनका कृष्णबहादुर बेनिटारबाट पक्राउ

दमौली : पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक सय पञ्चानब्बे थान लागु औषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

नियन्त्रण हुनेमा चितवनको रत्ननगर नगरपालिका–३ निवासी ३६ वर्षीय कृष्णबहादुर लोप्चनलाई लागु औषधसहित प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए। ।

उनकाे साथबाट डाइजेपाम, फेनेरागन र नुफिन गरी ६५ एम्पु लागु औषध बरामद भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सिन्धुलीबाट पोखरातर्फ गइरहेको बसमा सवार लोप्चनले लुकाइछिपाई ल्याएको लागु औषध बरामद भएको हो। प्रहरीले अभियुक्तलाई तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद लिएर हिरासतमा राखेको छ। निजमाथि अनुसन्धान भइरहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?