काँग्रेस सभापति देउवा आज दमौलीमा आउँदै

दमौली : नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा आज दमौली आउने भएका छन् ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति तनहुँका बिपी स्मृति भवन उद्घाटन तथा कांग्रेस तनहुँको जिल्ला सम्मेलनमा सहभागी हुन आउन लागेको प्रचार प्रसार संयोजक डम्बर अधिकारीले जानकारी दिए।

कात्तिक २४ गते उद्घाटन गर्न भनिएकोमा जाजरकोट र रुकुममा भूकम्प गएकोले कार्यक्रम स्थगित गरिएको र त्यही रोकिएको कार्यक्रमलाई पुस ९ गतेलाई तय गरिएको नेपाली कांग्रेस तनहुँले जनाएको छ ।

एक हजार आठ सय ४७ जना चन्दादाताबाट भवन एक करोड ७२ लाखमा आठ आना जग्गामा भवन निर्माण गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?