लागुऔषध सहित बेनिटारबाट महताे पक्राउ

दमौली : पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट  लागु औषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

नियन्त्रण हुनेमा रौतहटको बैदीमाई -१८ निवासी १८ वर्षीय पसिन्द  कुमार महतोलाई लागु औषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो।

उनकाे साथबाट दुई सय १८ लागु औषध बरामद भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पोखरा तर्फ गाइरहेको बसमा सवार महतोले लुकाइछिपाई ल्याएको लागु औषध बरामद भएको हो।

निजमाथि अनुसन्धान भइरहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?