काठमाडौं : दाङको तुलसीपुरमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।
बर्दियाबाट दाङ आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस आज बिहान राप्ती राजमार्गको अमेलिया–तुलसीपुर सडक खण्डमा पर्ने तुलसीपुर–१३, दमारगाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीले जानकारी दिए ।
वनभोजका लागि दाङ जाँदै गरेको बस सडक छेउको नालामा पल्टिएको एसपी केसीले जानकारी दिए ।
घाइतेलाई घटनास्थलबाट उद्धार गरेर तुलसीपुर प्रादेशिक अस्पताल लैजाने काम भइरहेको उनले बताए ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?