दमौली : नेपाली कांग्रेसका उपसभापति तथा नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सबै धर्म, संस्कृति, भेषभुषाको सम्मान गरे मात्र देश एकतामा जोडिने बताएका छन्।
तमु ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद, तनहुँको आयोजनामा दमौलीमा आइतबार आयोजना गरिएको तमु ल्होसार शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सो कुरा बताएका हुन ।
मन्त्री गुरुङले भने, ‘‘एउटा संस्कार मान्नेलाई अर्को संस्कार मान्नेको सम्मान गर्नुपर्दछ, एउटा धर्म मान्नेले अर्को धर्म मान्नेलाई सम्मान गर्नुपर्दछ, एक भेषभुषा भएकाले अर्को भेषभुषा भएकालाई सम्मान गर्नुपर्दछ अनि मात्र देश बलियो बन्दछ।’’
एकले अर्कोको सम्मान गरेमात्र विविध भाषा र धर्म र संस्कृतिभित्र सहिसुष्णता रहने उनको भनाइ थियो। एउटालाई होच्चाएर माथि उठ्न नसकिने भनाइ मन्त्री गुरुङको थियो। अरु पुगे म किन पुगिन भनेर पछुताउने नभई मेहनत गरेर अघि बढ्नुपर्ने गुरुङले बताए।
गोरखापत्र












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?