कांग्रेस क्षेत्र १ सभापतिमा श्याम मौराती प्यानल सहितको पदाधिकारी निर्वाचित (अन्तिम मतसहित)

नेपालि कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको तनहुँ क्षेत्र नं १ को सभापतिमा श्याम मौराति निर्वाचित भएका छन् ।

खसेको कुल  ९  सय ३५  मत  मध्य ४८५  मत प्राप्त गरी उनि क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी बिश्व बास्तोलाले  ४०२  मत प्राप्त गरे ।

उनले प्रत्यासी बास्तोलालाई ८३ मतले पछि पार्दै  बिजय भएका हुन् ।

मौराति प्यानलको सचिवमा  दयनिधी नरालको ४६३ , राजु बनियाको  ४५९  मतका साथ निर्बाचित भएका छन् । त्यस्तै  सह-सचीवमा   युवराज आलेको ४७४   रहेको छ भने  शैलेस खातीको ४३६ मत सहित निर्बाचित भएका हुन्  ।सदस्यमा बिष्णुकुमारी श्रेष्ठ ३८१ मत सहित निर्वाचित भए।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?