नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनले देउवा र पौडेल पक्षको शक्ति बराबरी

नेपाली कांग्रेसको १४ औं महाधिवेशनले प्रतिनिधिहरूको प्रारम्भिक नतिजाले पार्टी नेतृत्वका लागि संस्थापन र गैर संस्थापन दुवै पक्षलाई बराबरी हैसियतमा देखिएका छन् ।त्यसैले दुवै पक्षलाई ढुक्क हुने स्थिति बन्न सकेको छैन । अघिल्लो महाधिवेशनको तुलनामा पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षको स्थिति केही सुदृढ देखिए पनि गैर संस्थापन पक्ष एक भएर मैदानमा आए कडा टक्कर पर्ने देखिएको छ ।

३३ जिल्लाबाट चयन भएका १ हजार ३ सय ३२ महाधिवेशन प्रतिनिधिमा देउवा र पौडेल पक्ष बराबरी हैसियतमा देखिएका छन् । बुधबार सम्मको तथ्यांकअनुसार १ हजार ३ सय ३२ महाधिवेशन प्रतिनिधिमा ६ सय ५७ संस्थापन प्यानलबाट र ६ सय ६० गैर संस्थापन प्यानलबाट निर्वाचित भएका छन् । अन्य १५ जनामा निधि, सिटौला र कतिपय नखुलेका बताएका छन्  ।

क्षेत्रीय अधिवेशनबाट करिब ४ हजार २ सय मतदाता चयन हुनेछन । केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्थाका समेत गर्दा झन्डै ४ हजार ५ सय हाराहारीमा महाधिवेशन प्रतिनिधि चयन हुने जनाएको छ ।तथ्यांकले जिल्ला कार्यसमिति सभापतिमा पनि संस्थापन र गैर संस्थापन पक्षबीच बराबरी स्थितिमा रहेको देखएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?