नेकपा (एमाले) का नेता लालबाबु पण्डितले एमालेको कार्यकारी पदबाट बिदा लिएको घोषणा गरेका छन् । आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफूले कार्यकारी पदबाट बिदा लिएको घोषणा गरेका हुन् ।
उनले सामाजिक सञ्जाल लेखेका छन्, ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दसौ महाधिवेसनबाट सम्पूर्ण बिजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना ।’
निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरी बन्दसत्रको हलबाट अनुमोदन भएको केन्द्रीय सदस्यको पद एमाले नेता लालबाबु पण्डितले अस्वीकार गरेका छन्। पण्डित आठौं महाधिवेशनमा तराई-मधेस समूहबाट केन्द्रीय कमिटीमा निर्वाचित भएका थिए। नवौं महाधिवेशनमा भने उपाध्यक्षमा पराजित भएका थिए। त्यतिबेला उनी माधव नेपालको प्यानलमा थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?