दश दिनपछि दमौलीको फोहर उठ्यो

दमौली : दश दिनपछि बल्ल तनहुँको सदमुकाम दमौली बजारको फोहर व्यवस्थापन गर्न थालिएको छ । आज शुक्रवार देखि दमौली बजारमा थुप्रिएका फोहर  उठाउन थालिएको हो ।

विशेषकारण भन्दै नगरपालिकाले गत माघ २ गतेदेखि नउठाएको आज देखि उठाउन थालिएको व्यास नगरपालिकाका प्रवक्ता एवं वडाध्यक्ष जीवन गुरुङले जानकारी दिए । बजार क्षेत्रबाट उठाइएको नकुहिने फोहर व्यास नगरपालिका–३ भतेरीमा फाल्ने गरिएको छ ।

दीर्घकालीन समाधान हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको वन, वातावरन तथा सरसफाइ शाखाको प्रमुख भाग्यशाली ढुंगानाले बताए। दमौली बजार क्षेत्रबाट उठाइएको नकुहिने फोहर व्यास नगरपालिका–३ भतेरीमा फाल्ने गरिएको छ ।

दश दिनपछि फोहरको व्यवस्थापन आज देखि हुन थाले पनि यसअघि दमौली बजारको सडकमा जम्मा भएको सबै फोहर व्यवस्थापन गर्न भने केहि दिन लाग्ने नगरपालिकाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?