लाइनमा भएका मतदातालाई मतदानबाट बञ्चित गरियो :न्यौपाने (विज्ञप्ती सहित)

नेपाली काङ्ग्रेस तनहुँका निवर्तमान सभापतिका उम्मेदवार वैकुण्ठ न्यौपानेले काङ्ग्रेसको निर्वाचनमा निर्वाचनका लागि लाइनका भएका मतदातालाई बञ्चित गरि  आफु माथि संयन्त्र गरेको  आरोप लगाएका छन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै  लाइनमा रहेका मतदातालाई मतदानबाट बञ्चित गरिएको, जिम्मेवारबाटै डर, धाक र धम्की दिइएको तथा सरकारी संयन्त्रको ठाडो हस्तक्षेप गरेको बन्दै  तनहुँ जिल्लाको नेपाली काङ्ग्रेसको राजनैतिक जीवन पद्धतिमा केही सिक्ने अवसर प्राप्त भएको  न्यौपानेले बताए ।

साथै न्यौपानेले नवनिर्वाचित  प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा विजयी हुने सबै उम्मेदवारलाई बधाई दिदै विगतमा सहयोग गरेको पदाधिकारीहरुलाई   समेत आभार व्यक्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?