म्याराथनमा सन्तोषीलाई स्वर्ण

काठमाडौं : बंगलादेशको ढाकामा भएको बंगबन्धु सेख मुजिब ढाका म्याराथनको महिलामा नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण जितेकी छन् ।

नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)की स्वर्ण विजेता सन्तोषीले शुक्रबार निर्धारित ४२.१९५ किलोमिटर दूरी दुई घण्टा ४६ मिनेट २२ सेकेन्डमा पूरा गरिन् ।

सोही स्पर्धामा पुष्पा भण्डारीले दुई घण्टा ४९ मिनेट ३४ सेकेन्डमा दूरी पार गर्दै रजत जितिन् । पुरुषमा खडकबहादुर खड्का तेश्रो भए ।

उनले निर्धारित दूरी दुई घण्टा १८ मिनेट ३२ सेकेन्डमा तय गरे । नेपालबाट पदक विजेता तीन खेलाडीसहित सात खेलाडी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?