एमाले तनहुँका केन्द्रीय सदस्यमा सिग्देल, न्यौपाने र रसाइली सर्वसम्मत निर्वाचित

चितवनको सौराहमा जारी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन क्रममा तनहुँबाट केन्द्रीय सदस्यमा टुकराज सिग्देल, भगवती न्यौपाने र सविता रसाइली निर्वाचित भएका छन् ।

सिग्देल गण्डकी प्रदेशबाट खुल्ला तर्फ निर्वाचित भएका हुन्  । उक्त क्षेत्रमा सिग्देल सहित ६ जनाको मात्र उम्मेदवारी परेको थियो । त्यस्तै न्यौपाने खुल्ला महिला क्षेत्रबाट निर्वाचित भए । त्यसैगरि रसाईली दलित महिला क्षेत्रबाट केन्द्रीय सदस्य निर्वाचित भएकी छिन्  ।

सिग्देल  केन्द्रीय सदस्य निर्वाचित हुने संविधानसभा सदस्य समेत  हुन्  भने हाल एमालेको केन्द्रीय सल्लाहकार परिषदका सदस्यमा छन् । त्यसैगरी न्यौपाने पनि राष्ट्रिय सभा सदस्य हुन् । उनी एमाले तनहुँको सचिव हुन् भने एमाले जिल्ला सचिवालय सदस्य रहेकी रसाईली शुक्लागन्डकी नगरपालिकाकी उपमेयर समेत  हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?