काँग्रेसका जिल्ला निर्वाचन अधिकृतद्वारा राजीनामा

 नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत चितवन जिल्लाको अधिवेशन गराउने जिम्मा पाएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिएका छन्। उनले केन्द्रीय निर्वाचन समितिका संयोजकलाई पत्र लेखेर राजीनामा दिएका हुन् ।

पोखरेलले स्वास्थ्य स्थिति प्रतिकूल रहेको भन्दै जिल्ला अधिवेशन गराउन असमर्थ रहेको राजीनामा पत्रमा उल्लेख गरेका छन् । उनले राजीनामा स्वीकृत गर्नका लागि केन्द्रीय निर्वाचन समितिलाई आग्रह गरे। पोखरेलले काँग्रेस चितवनको विभिन्न तहको वडा, पालिका, प्रदेशसभा, प्रतिनिधिसभा क्षेत्र र जिल्ला समितिको निर्वाचन गराउने जिम्मेवारी पाएका थिए ।

नेपाली कांग्रेस जिल्लाका निर्वाचन अधिकृत पोख्रेलले राजीनामा दिएसँगै अधिवेशन अन्योलमा परेको छ । अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी लिएका निर्वाचन अधिकृतबाट राजीनामा दिएसँगै निर्वाचन कहिले हुने टुङ्गो पनि लाग्न सकेको छैन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?