ट्रयाक्टर र मोटरसाइकल ठोकिँदा एक महिलाको मृत्यु

दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका-१० छाब्दी देउरालीस्थित भित्री सडक खण्डमा ट्रयाक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका- १ थप्रेक बस्ने बर्ष ४५ की पिपलकौरी गुरुङको रहेकी छिन् ।

साखेबाट दुलेगौडा तर्फ जान आउदै गरेको ग ७ प ६९२४ नं. को मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको ग १ त ३९९४ नं. कोट्रयाक्टर आपसमा ठोक्किँदा मोटरसाइकलमा पछाडि रहेकी गुरुङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए।

घटनामा संलग्न ट्याक्टर चालक तथा मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको तनहुँ प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?