दमौलीको बुल्दी पुलमा मोटरसाइकल दुर्घटना

दमौली : तनहुँको व्यास नगरपालिका–२  बुल्दी पुलमा बिहिबार मोटरसाइकल दुर्घटना हुदाँ  एकजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार घाइते हुनेमा व्यास  नगरपालिका-४ बस्ने २९  वर्षीय किशोर नागिला  रहेका छन् । दमौलीबाट  घाँसीकुवातर्फ जादै  गरेको ग १९ प ८२१४ नंम्बरको मोटरसाइकल पुलबाट मान्छे सहित  खोलमा खसेर  दुर्घटना हो । दुर्घटनामा घाइते हुने मोटरसाइकल चालक नागिलाको जिल्ला दमौली अस्पतालमा उपचारका  भैरहेको प्रहरीले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?