दमौलीः जिल्ला प्रहरी कार्यलयले तनहुँमा बिहीबार पत्रकार भेटघाट परिचायत्मक कार्यक्रम राखेका छन ।उक्त कार्यक्रममा आफ्नो परिचय दिंदै तनहुँका नयाँ प्रहरी उपरीक्षक एसपी राजेन्द्रबाबु रेग्मीले लोप, लालच र दबाबमा नपरिकन नागरिकको सेवा गर्ने प्रतिबद्धता गरेका छन् ।
सथै उनले उक्त कार्यक्रम बोल्दै उनले प्रहरीले पहिल्यै योजना नबनाउने भन्दै उत्कृष्ट नतिजा आउने गरी काम गर्ने दाबी गरका छन् । तेस्तै पत्रकार जगतबाट साथको समेत उनले अपेक्षा गरे ।
‘ तपाईंहरू भनेको चौंथो अंग हो। सकारात्मक सोचका साथ सत्यतथ्य समाचार प्रकाशित गरिदिनु भयो भने प्रहरीलाई धेरै कुरामा सजिलो हुने बताए ।
भेटघाट कार्यक्रममा एसपी रेग्मीले जतिसक्दो चाडैं सुचना प्रबाह गर्ने प्रतिवद्धता ब्यक्त गरे । साथै अर्का प्रहरी नायव उपरीक्षक युवराज खड्काले समाचार लेख्दा पुष्ट्याई पारेर मात्रै लेख्न आग्रह गरे ।
जिल्लामा प्रहरी कार्यलयमा एसपी रेग्मी तथा डिएसपी खड्का दुवै गत हप्ता मात्रै सरूवा भएर आएका हुन् ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?