
व्यास नगरपालिकामा बैंक तथा वित्तीय संस्थाहरु दिनमा चार घण्टा मात्र खुला हुने भएका छन्।
कोरोनको दोस्रो लहरको जोखिम बढेपछि व्यास नगरपालिकाले आफ्नो क्षेत्रका बैंक तथा वित्तिय संस्थालाई विहान १०ः०० बजे देखी २ः०० बजेसम्म मात्र सचालन गर्न पाउने निर्णय गरेको हो ।
नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको उक्त बैठकमा बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा संस्थाका प्रतिनिधिहरुसंग छलफलपछि नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धि सम्पुर्ण मापदण्डहरु कडाईका साथ लागु गर्दै बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्र शाखा खोल्ने सहमति भएको हो ।
व्यास नगरपालिका उच्च जोखिममा रहेको भन्दै नगरपालिकाले अनावश्यक भिडभाड नगर्न साथै यथासाक्य डिजिटल वैंकिङ प्रणालिको अधिकतम उपयोग गर्न ग्राहकहरुसँग अनुरोध गरेको छ ।
हेर्नुहोस् व्यासको विज्ञप्ति :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?