सुर्खेतकी प्रिती बिक र तनहुँका गायक आरसीको ‘मेरो बाबा’ नामक गीत सार्वजनिक

दमौली : विद्यालयमा रुदै गीत गाउने सुर्खेतकी बालिका प्रिती विकको गीत गाउने सपना पूरा भएको छ ।  पत्रकार भोजराज थापा र तनहुँका कलाकार आरसी बिश्वकर्माले साथ सहयोग दिएपछि बालिकाको गीत गाउने सपनाले साकार भएको हो ।

केही दिन अघि बालिकाले बाबालाई सम्झिदै विद्यालय परिसरमा भक्कानिएर गीत गाएको भिडियो भाइरल बनेको थियो । त्यस लगत्तै पत्रकार थापा बालिकाको घरमा पुगेर बालिकासंग अन्र्तवार्ता लिएका थिए । उक्त अन्तर्वार्तामा बालिकाले आफु कलाकार बन्ने चाहना भएको बताएकी थिइन् ।

बालिकाको प्रतिभाले आकर्षित भएका तनहुँका लोकगायक आरसी बिश्वकर्माले ५ हजार रुपियाँ सहित लत्ता कपडा काठमाण्डौं पुगेका थिए ।  प्रितीका बुबा स्व.दिपक विकको सम्झनामा मेरो बाबा नामक गीत भरर्खरै सार्वजानिक गरिएको छ ।

गायक विश्वकर्मा र बालिका प्रिती विकको  स्वरमा सजिएको उक्त गीतमा  स्वर्गीय बुबालाई आफ्नो दुखको पीडा सुनाएकी छिन् ।

गीतमा लय र शब्द आर सी विश्वकर्माकै रहेको छ भने छाँयाकन सम्पादन रबिन विक र निर्देशक सोभित बि कको  रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?