पाटन साँस्कृतिक एवं पर्यटन महोत्सवको तयारी ६० प्रतिशत पुरा

दमौली :  पाटन युवा क्लबको आयोजनामा तनहुँको व्यास -५ पाटन खेलकुद मैदानमा  २०७८ मंसिर २४ गते देखि माघ ३ गते सम्म संचालन हुने  प्रथम दमौली पाटन साँस्कृतिक एवं पर्यटन महोत्सवको तयारी ६० प्रतिशत  पुरा भएको छ ।

अमुल्य भाषा संस्कृतिको संरक्षण गरौं, भाषा संस्कृतिको जर्गेना गर्दै पर्यटनको विकास गरौ भन्ने मुल नारा सहित आयोजना गरेको महोत्सवले  पर्यटकीय धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्व बोकेको ठाउँलाई चिनाउनका साथै आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धन हुने विश्वास राख्दै आयोजना गर्न लागिएको महोत्सवको तयारी ६० प्रतिशत पुरा भएको पाटन युवा क्लबका अध्यक्ष अम्बर थापाले बताए।

महोत्सवमा  व्यापारिक प्रयोजनका लागि करिब १५० स्टलहरु र  स्थानीयस्तरमा उत्पादित कृषि सम्बन्धित २० स्टलहरु राखिनेछ ।

करिब  ३५  देखि ४०  हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवको विद्यार्थीका लागि ४० र अन्य ब्याक्तिकालागि ६० रुपैयाँ टिकट तोकिएको छ भने बालबालिका र जेष्ठ नागरिकलाई निशुल्क प्रवेश गर्न दिईने ब्यवस्था मिलाईएको छ।

महोत्सव विहान १० वजे देखि बेलुका ७ वजे सम्म संचालन चर्चित कलाकारहरुको समेत प्रस्तुती र विविध प्रतियोगिता समेत रहने आयोजकले बताएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?