दुम्सि बजारमा शिव महापुराण सुरु

दमौली : तनहुँको व्यास नगरपालिका-१० दुम्सि बजारमा  ११ दिने संगितमय शिव महापुराण शुरु भएको छ । दुम्दुमेश्वर महादेव  शिव पन्चायन मन्दिर संरक्षण समितिको आयोजनामा आज फागुन १८ गतेदेखि शिव महापुराण सुरु भएको हो।

दुम्सि बजारमा रहेको दुम्दुमेश्वर महादेव  शिव पन्चायन मन्दिर परिसरमा शुरु भएको कार्यक्रमको समुद्घाटन व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले गरेका छन् ।  यस्ता कार्यक्रमहरुले चेतना जगाउनुका सार्थै समाजमा धार्मिक आस्था कायम राख्ने विश्वाश व्यक्त गरे  ।

श्रीमद्भागवत गिता प्रवचन वाचक नारायण प्रसाद गैहै रहेका छन् ।  फागुन १७ गतेदेखि २७ गतेसम्म चल्ने उक्त कार्यक्रममा प्रवचनका साथै शिवपान्चायन मन्दिरमा मुर्ति प्रष्ठिाको कार्यक्रम पनि गरिने मन्दिर संरक्षण समितिका अध्यक्ष धर्म गिरीले जानकारी दिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम, व्यासकी उपमेयर ईन्दिरा दरै, व्यास -१० का वडाध्यक्ष खेमराज पोखरेल, निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटा, बैदिक सनातन धर्म प्रष्ठिानका केन्द्रीय अध्यक्ष कृष्णकान्त वाग्ले, शिव मा.वि. का अध्यक्ष विकास रिजाल लगायतका उपस्थित रहेको थियो ।

११ दिनसम्म चल्ने उक्त कार्यक्रममा १५ हजारसम्म भक्तजनहरुहरु आउने आयोजकको विश्वास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?