दमौली : तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पौष २९ गतेदेखि माघ १० गतेसम्म आठौं संस्करणको महोत्सव आयोजना हुने भएको छ ।
दमौलीको व्यास नगरपालिका-३, वि पि. वनवाटिकाको खुला मैदानमा हुने महोत्सवको आयोजकमा जिल्ला समन्वय समिति तनहुँ र व्यास नगरपालिका रहेको छ भने सह-आयोजकको रुपमा तनहुँ उद्योग वाणिज्य संघ र दमौली बजार इकाई रहेको छ ।
जिल्लाको आर्थिक, सामाजिक विकासका साथै स्थानीय उत्पादन, कृषि, धार्मिक, साँस्कृतिक, पर्यटकीय स्थल, उद्योग, व्यापार व्यवसायको सम्भाव्यता अध्ययन गरी प्रवर्द्धन गर्ने महोत्सवको उद्देश्य रहेको तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
स्वदेशी तथा विदेशी गरि करिब ५ लाख दर्शकहरूले अवलोकन गर्ने अनुमान गरेको महोत्सवमा कुल कारोबार ६ करोड हुने अपेक्षा गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
कुल आम्दानी ८० लाख रूयौंया र खुद आम्दानी १५ लाख ३५ हजार हुने अनुमान गरिएको संघले जानकारी दिए ।
त्यस्तै महोत्सव मुल समारोहको संयोजकमा संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, महोत्सवको निर्देशकमा मानकाजि श्रेष्ठ, सचिवालय सुबोध अधिकारी र आर्थिक संयोजमा संघका कोषाध्यक्ष दिनेश कुमार श्रेष्ठ चयन भएका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?