अन्तर्राष्ट्रिय टी–२० सिरिजको तेस्रो खेलमा नेपालले नामिबियालाई तीन रनले हराएको छ । जितसँगै नेपालले फाइनल खेल्ने सम्भावना कायमै रहेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार जितका लागि एक सय ८१ रनको लक्ष्य पछ्याएको नामिबिया निर्धाीरत २० ओभरमा सात विकेटको क्षतिमा एक सय ७७ रनमा समेटिएको थियो ।
नामिबियाका लागि कप्तान जेजे स्मिथले ५० रन बनाए । जान फ्रालिङ्कले ३७, जेपी केट्जेले २५, माइकल मान लिङ्गेनले १० रन बनाए । यस्तै जान ग्रिनले अविजित २३ र रुवेन ट्रम्पलम्यानले १४ रन बनाए ।
बलिङमा नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र करण केसीले दुई दुई विकेट लिए । अविनाश बोहराले एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ८० रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले अर्धशतकीय इनिङ्स खेले ।
५५ रन जोड्एका उनले ३७ बलमा एक चौका र चार छक्काको सहयोगमा उक्त रन बनाएको हो । यस्तै आरिफ शेखले ३१, गुलशन झाले २६, ओपनर अनिल शाहले २३, दीपेन्दसिंह ऐरीले १६, कप्तान रोहित पौडेलले १० र करण केसीले सात रन बनाए ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?