दमौलीमा तीन दिने महिला उद्यमी व्यापार प्रदर्शन मेला हुने

दमाैली : तनहुँको सदमुकाम दमौलीमा महिला उद्यमी व्यापार प्रदर्शन एवं प्रवर्द्धन मेला हुने भएको छ । ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर महिला उद्यमी सङ्घ नेपाल तनहुँले फागुन २५ गतेदेखि २७ गतेसम्म व्यापार प्रदर्शन एवं प्रबद्र्धन मेला गर्न लागेको हो ।

शनिबार दमौलीमा पत्रकार सम्मेलन गर्दै महिला उद्यमीले उत्पादन गरेका सामग्री विक्री वितरण गर्ने उद्धेश्यसहित मेला गर्न लागिएको संघकी अध्यक्ष निर्मला मल्लले जानकारी दिइन्।

उनका अनुसार मेलामा ५० वटा स्टल रहने र २३ वटा स्टल बुकिङ भइसकेको छ । बाहिरबाट खरिद गरेर ल्याइएका सामग्री विक्री वितरण गर्न नपाइने र स्थानीय स्तरमै उत्पादित वस्तुमात्रै विक्री गर्न पाइनेछ ।

मेलामा होजियारी, हस्तकला, कृषिजन्य सामग्री विक्री वितरणका स्टल रहने संघकी सचिव सरु श्रेष्ठले जानकारी दिइन्।

उनका अनुसार तीन दिनसम्म चल्ने मेला अवधिभर करिब ४० हजार दर्शकले अवलोकन गर्नुका साथै करिब ७ देखि ८ लाखसम्म कारोवार हुने अपेक्षा गरिएको छ ।

निःशुल्क प्रवेश गरिएको मेलामा गायिका प्रिती आले कला लम्साल लगायत विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?