दमौली : तनहुँको म्याग्दे गाउँपालिकाले घरदैलोमै सेवा प्रवाह गर्न घुम्ती शिविर सुरुआत गरेको छ । जनतालाई सहजरूपमा वडास्तरबाटै पालिकाका सेवा प्रदान गर्न गाउँपालिकाले सोमबारदेखि एकीकृत घुम्ती शिविर आयोजना गरेको हो ।
घुम्ति शिविरको उद्घाटन गर्दे म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पालिका जनताको सेवामा सर्देव क्रियाशिल रहने वताए । वडाबाटै सेवा प्रदान गर्दा सेवाग्राहीलाई सहज हुने र समयको बचत हुने भएकाले वडा नं ३ बाट घुम्ती शिविर सुरु गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । सिहंदरबरको अधिकार गाउँगाउँमा भन्ने नारालाई प्रत्याभूत गर्न घरआँगनबाटै सेवा प्रदान गरिएको श्रेष्ठको भनाइ छ ।
गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले जनताको सेवा भन्दा ठुलो अन्य केही नभएको हुदाँ जनजिविकाको विषयमा पािलका सधै गम्भिर भएको वताए । सवैको साथ र सहयोगले मात्र पालिकास अगाडी वढ्ने हुदाँ विकास निर्माण र आवश्यकतामा साथ दिन आग्रह गरे ।
प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार सोमबार र मङ्गलबार वडा नं ३ मा घुम्ती शिविर हुनेछ । फागुन २३ र २४ गते वडा नं ४ मा, २७ र २९ गते वडा नं ५ मा, ३० र चैत १ गते वडा नं ६ मा, चैत २ र ४ गते वडा नं ७ मा, चैत ५ र ६ गते वडा नं १ मा र चैत ७ र ८ गते वडा नं २ मा एकीकृत घुम्ती शिविर हुनेछ ।
घुम्ती शिविरबाट विषयगत शाखाअन्तर्गतका योजना सम्झौता, सुझाव तथा परामर्श सेवा, स्वास्थ्य÷आर्युर्वेद शाखाअन्तर्गत सामान्य स्वास्थ्य परीक्षण, उपचार व्यवस्थापन, परामर्श तथा औषधि वितरण, क्षयरोग स्क्रिनिङ, मधुमेह, पोषण सेवा, भिआइए स्क्रिनिङ, कोभिडविरुद्धको खोप प्रदान गरिने अधिकारीले बताए ।
कृषि शाखाअन्तर्गत हिउँदे बालीको बीउ वितरण, विषादी वितरण, फर्म दर्तासम्बन्धी आवश्यक कागजातको जानकारी, अनुदानसम्बन्धी जानकारी तथा माग सङ्कलन, पशु सेवा शाखाअन्तर्गत गोबर परीक्षण एवं औषधि वितरण, प्रशासन शाखाअन्तर्गत व्यवसाय दर्ता तथा विभिन्न विषयमा जानकारी प्रदान गरिनेछ ।
पञ्जीकरण शाखाअन्तर्गत विभिन्न किसिमका घटना दर्ता तथा सामाजिक सुरक्षासम्बन्धी सेवा, महिला तथा बालबालिका शाखाअन्तर्गत ज्येष्ठ नागरिक परिचयपत्र र अपाङ्गता परिचयपत्र वितरण, घरनक्सा शाखाअन्तर्गत निःशुल्क घर नम्बरप्लेट वितरण गरिने जनाइएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?