बागमती प्रदेश:मन्त्रालयको सँख्या १४ पुर्याइयो

वाग्मती प्रदेश सरकारले मन्त्रालय फुटाएर १४ वटा पुर्याएको छ । वाग्मती प्रदेश सरकार स्थापना हुँदा ७ वटा मन्त्रालय मात्र भए पनि अहिले १४ वटा पुगेका छन् ।

मन्त्रालयले  विभाजनसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय रहेका थिए । यसअघि अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालयसहित ८ मन्त्रालय बनाएको थियो ।

प्रदेश सरकारको नेतृत्व हाल नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले गरेका छन् । सरकारमा नेपाली कांग्रेस र माओवादी केन्द्र साझेदार छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?