काठमाडौं : विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीको एकताले औपचारिकता पाएको छ ।
शनिबार ललितपुरको जाउलाखेलमा आयोजित सभामा तीन पार्टीका प्रमुखले पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेका छन् । एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी रहनेछ भने चुनाव चिन्ह तराजु नै हुनेछ । केन्द्रीय समितिमा सिटिजन्सका ३१ र दरबार पाटीृका १४ जना थपिएका छन् भने केन्द्रीय कार्यसम्पादन समितिमा दुवै पार्टीबाट गरी ११ जना थपिएका छन् ।
कर्यक्रममा विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले डेमोक्रेटिम नेपाल फोरम पनि एकतामा आउन सहमत भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?