नेपाली कांग्रेस गण्डकी प्रदेशमा पौडेल समूहको बर्चस्व, सभापतिमा शुक्रराज शर्मा निर्वाचित

पोखरा : नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलका शुक्रराज शर्मा निर्वाचित भएका छन् । आज बिहान सम्ममा अएको मत परिणामअनुसार संस्थापन समूहका उपसभापति बाहेक पौडेल समूहको प्यानल नै विजयी भएका छन ।

संस्थापनका पर्बतका अर्जुन जोशीलाई पराजित गर्दै कास्कीका नेता शर्माले गण्डकी प्रदेशको पहिलो कांग्रेस सभापतिमा निर्बचित भएका छन् । संस्थापनका जोशीले ५ सय २८ मत ल्याउँदा शर्माले ६ सय १२ मत ल्याउँदै विजयी भएका हुन् ।

कुल १ हजार १६५ प्रतिनिधिमध्ये १ हजार १४६ मत खसेको थियो । निकै प्रतिस्पर्धा हुने अपेक्षा सहितको मत परिणामले अन्ततः नेता शर्माले मत आफ्नो पक्षमा पर्न सफल भए।गण्डकीमा संस्थापन र संस्थापनइतरबीच पदाधिकारीमा प्यानलै बनाएर उम्मेदवारी परेको थियो । पौडेल समूहबाट उपसभापतिबाहेक प्यानलै निर्वाचित भएका छन।
गण्डकी प्रदेशलाई पौडेल समूहको वर्चश्व मानिन्छ । वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाकै प्रदेश भए पनि पछिल्लो समय संस्थापन समूहले प्रभाव जमाउँदै लगेको थियो । पौडेल समूहले सधैं जित्ने तनहुँ, कास्की, लमजुङजस्ता जिल्लामा पनि संस्थापनले जितेको थियो ।

उपसभापतिबाहेक पौडेल समूहको प्यानलै विजयी

गण्डकीमा संस्थापन र संस्थापनइतरबीच पदाधिकारीमा प्यानलै बनाएर उम्मेदवारी परेको थियो। पौडेल समूहबाट उपसभापतिबाहेक प्यानलै निर्वाचित भएको छ ।
उपसभापतिमा सबैभन्दा मत ल्याउँदै स्याङ्जाकी पौडेल समूहकी कल्पना तिवारी र संस्थापन प्यानलबाट मेखलाल श्रेष्ठ निर्बचित भएका छन् । तिवारीले ६ सय २४ मत ल्याउंदा मेखलाल श्रेष्ठले ५ सय ५६ मत ल्याएका छन् । तिवारी वालिङ नगरपालिकाकी उपमेयर हुन् । तेस्तै संस्थापनबाट म्याग्दीका नेत्र महत र पौडेल पक्षका बागलुङका हरिप्रसाद श्रेष्ठ उपसभापतिमा पराजित भए ।

महामन्त्रीमा पौडेल समूहका गोेरखाका किरणबाबु श्रेष्ठले ५ सय ७३ शीर्ष मत ल्याउँदै विजयी भए भने सोही समूहबाट ५ सय ६७ मत ल्याउँदै विष्ण लामिछानेले जितेका छन् । लामिछाने गण्डकी प्रदेश सभा विधायन समिति सभापतिसमेत हुन् । संस्थापन पक्षबाट  कास्कीका कुमार खड्का र गोरखाका ईश्वर पाण्डे पराजित भए । गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका खड्का ११ मतले विजयी महामन्त्री लामिछानेसँग पछि परेका हुन् ।

त्यस्तै सहमहामन्त्रीमा दुबै जना पौडेल समूहका उम्मेदवार विजयी भएका छन् । लमजुङका रमेशकुमार पाण्डेले ६ सय १८, पर्वतका रामचन्द्र जोशीले ५ सय ६९ मत ल्याउँदै जीत हात पारेका छन् । पाण्डे लमजुङको मध्य नेपाल र जोशी कुश्मा नगरपालिकाका मेयर हुन् । संस्थापन समूहबाट गोरखाका राजनराज पन्त, तनहुँका झुलबहादुर आले उम्मेदवार थिए । युवराज बस्ताकोटी र गणेश सापकोटाले भने स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए ।
महिला सहमहामन्त्रीमा पौडेल समूहकै कास्कीकी कोपिला रानाभाट विजयी भए उनका प्रत्यसि ओम कला गौतमले ५ सय २४ मत ल्याउँदा रानाभाटले ५ सय ५२ मत सहित बिजय भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?