दमौली : तनहुँको व्यास नगरपालिका -११ पोल्याङका प्रविण कैनी नेविसंघको केन्द्रीय तदर्थ कार्यसमिति सदस्यमा मनोनित भएका छन् ।
नेपाल विद्याथी संघ तनहुँ काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष समेत रहेका कैनी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति सदस्य मनोनित भएका हुन् ।
नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित कार्यसमितिको सदस्यमा प्रविण कैनी सहित थप ४१ जनालाई मनोनयन गरेका हुन् ।
विद्यार्थी राजनीतिमा लामो समयदेखि लागेका कैनी संघलाई विद्यार्थी तथा सर्वसाधारणका मुद्दाहरुमा अझ सक्रिय बनाउन र लोकतन्त्रको रक्षाको लागि आफ्नो मनोनयनले प्रेरणा मिलेको बताएका छन् ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?