गण्डकी लुम्बिनी संयुक्त प्रदेश समितिको अध्यक्षमा बराल चयन

श्रीकृष्ण प्रणाामी युवा परिषद् नेपाल गण्डकी-लुम्बिनी संयुक्त प्रदेश समितिको अध्यक्षमा युवराज वराल निर्वाचित भएका छन्।

शनिवार गण्डकी प्रदेशको प्रदेश द्वार आँबुखैरेनीगाँउपालिका -३ स्थित श्रीकृष्ण प्रणामी मन्दिर प्राणनाथ आश्रमको सभाकक्षमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका जिल्लाका अध्यक्षहरुको उपस्थितिमा भएको प्रथम अधिवेशनबाट वराल लाई निर्वाचित गरिएको हो ।

यसैगरी उपाध्यक्षमा अन्जनराज न्यौपाने र  विशवराज भट्टराई , सचिवमा  रुद्रप्रसाद वगाले,सहसचिवमा दिपक केसी कोषाध्यक्ष महेश बानियाँ,सहकोषाध्यक्षमा विमला तिमल्सिना निर्वाचित भईन्। यसैगरी प्रदेश सदस्यहरुमा शयामप्रसाद अधिकारी ,राधाकृष्ण लामिछाने ,हेमबहादुर केसी सर्बसम्मत निर्वाचित भएका छन्।

त्यस्तै  प्रत्येक जिल्ला क्षेत्र भेगबाट प्रतिनिधित्व हुनेगरि समितिको थप सदस्यमा प्रदेश समितिले मनोनीत गर्ने ब्यवस्था रहेको गण्डकी लुम्बिनी संयुक्त प्रदेश समितिका निवर्तमान अध्यक्ष अमृत केसीले जानकारी दिए।

उक्त  कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद्का केन्द्रीय उपाध्यक्ष कौशल फुयाल र यदुवगाले,  केन्द्रीय महासचिव सुजन सुवेदी ,केन्द्रीय उपमहासचिव कृण्णमुरारी फुयाल ,केन्द्रीय कोषाध्यक्ष कमल केसी ,केन्द्रीय सदस्य भिम वगाले ,केन्द्रीय सदस्य धर्म खनाल,श्रीकृष्ण प्रणामी मन्दिर प्राणनाथ आश्रम आँबुखैरेनी समितिका तनहुँ अध्यक्ष ढलक अधिकारी , कृण्ण प्रणामी धर्म प्रचारक धार्मिक अभियान्ता राधा माता जि , कृण्ण प्रणामी युवा परिषद् तनहुँ जिल्ला अध्यक्ष प्रदिप चौलागाईं लगाएतका वक्ताहरुले निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना मन्तव्य राखेका  थिए।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?