
दमौली : कलेजोको क्यान्सर रोगबाट पीडित तनहुँको एक महिलाको उपचार गर्न परिवारले सहयोगको अपिल गरेका छन् । व्यास नगरपालिका–५, पीपलटारमा भाडाको घरमा बस्दै आएका ४९ वर्षीया क्यान्सर पीडित विनुमाया गुरुङको उपचारका लागि परिवारले सहयोग मागका हुन् ।
बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरमा स्वास्थ्य परीक्षणको क्रममा कलेजोको क्यान्सर भएको पत्ता लागे पनि उपचार गर्ने पैसा नहुँदा बिरामी घरमै राख्नु परेको परिवारको भनाइ छ ।
उपचारको गर्ने पैसा नभएकाले भर्ना गर्न नसकेको बिरामीका श्रीमान् दलबहादुर गुरुङले बताए । गुरुङले भने, ‘‘काम नपाएको बेला पेटभरी खान पाइँदैन गरिब भएकाले उपचार गर्न सकिएन ।’’
सुरुमा मुटु पोल्ने, पेट फुल्ने समस्या देखिएपछि पोखराको मणिपाल अस्पतालमा उपचारका लागि जानु भएको थियो । त्यसपछि थप उपचारका लागि चितवनमा गएको र दुई लाख रुपियाँ ऋण लागेको गुरुङले बताए । बिनुमायाको उपचारमा लाग्ने रकम सहयोग गरिदिन परिवारले देशविदेशमा रहेका सबैलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?