तनहुँ : शुक्लागण्डकी नगरपालिका -१ थप्रेकमा गोली लागेर एक जनाको मृत्यु भएको छ । युवकको गए राति जगंलमा गोलि लागेर मृत्यृ भएको हो । स्थानीयहरुले बाघको सिकार गर्ने क्रममा यस्तो हुन सक्ने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार थप्रेक वडा न. १ का १७ बर्षिय रोहित मल्लको घटना स्थलमा नै मृत्यु भएको छ ।
त्यस्तै गएका अर्का ४७ वर्षीय सुन बहादुर गुरुङलाई बन्दुक सहित प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले अरु थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?