करेन्ट लागेर तनहुँमा युवकको मृत्यु

दमौली: तनहुँमा नेटवर्कको काम गर्ने क्रममा करेन्ट लागेर  एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा छिमेकी जिल्ला रामपुर–७ पाल्पा घर भइ दुलेगौंडास्थित डिभिजिङ नेटवर्क प्रालिमा कार्यरत  १९ वर्षीय सागर ज्ञवाली रहेको छ ।

जिल्ला घिरिङ गाउँपालिका–३ सुन्धारा भन्ने ठाउँमा आइतबार साँझ नेटवर्कको काम गर्दा विद्युत्को तारमा छोएर करेन्ट लाग्दा ज्ञवाली सख्त घाइते भएका ज्ञावलीलाई उपचारका लागि पोखरा पठाइएकामा त्यहीँ उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?