तनहुँ : तनहुँको आदिकवि भानुभक्त आचार्यको जन्मस्थलमा आचार्यको विश्वकै ठुलो सालिक निर्माण हुने भएको छ ।आचार्यको जन्मस्थल शिखर कटेरीमा विश्वकै ठुलो सालिक इन्टरनेश्नल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका निर्माण गर्ने भएको छ ।
‘सामाजिक सेवा, भाषा संस्कृति र कलाको संरक्षण गर्ने उद्देश्यले नेपाल आएका बन्दै नेपाली भाषा, संस्कृति र कलालाई अमेरिकामा रहेर पनि माया गरिरहेको अध्यक्ष डिल्ली अधिकारीले बताए । फलस्वरुप आदिकवि भानुभक्त आचार्यको विश्वकै अग्लो मुर्ति निर्माण लागेको अधिकारीले बताएका छन् । त्यस्तै अभिनेता दिलिप रायमाझीले आफ्नो कलाकारिताको जन्म चुदि रम्घाबाट सुरु भएको बन्दै चुदि बिकासको लागि आफु लागिपर्ने रायमाझीले बताए । उनले चुदि बत्ती मुनिको अध्यारो भएको मुर्ति निर्माण पछि रम्घा साहित्यिक पर्यटकी स्थल हुने बताए ।
उक्त कार्यक्रममा इन्टरनेश्नल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारी सहितको टोली , अभिनेता दिलिप रायमाझी, मोडल शंकर बिसि, कलाकार करिश्मा ढकाल, एकीकृत समाजवादी भानुका अध्यक्ष ऋषिराम पन्थ, नेपाली काङ्ग्रेस भानु नगरपालिकाका सभापति राम कुमार श्रेष्ठ, भानु-४ का वडाअध्यक्ष पुर्ण बहादुर लौडारी लगाएतको उपस्थिति रहेकोे थियो ।
आचार्यको जन्म बि.सं.१८७१ असार २९ गते तनहुँको जिल्लाको चुँदी रम्घामा भएको हो ।भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा भावानुवाद गरी रामायणलाई पठनीय बनाउनुभएको थियो । भानुभक्तलाई नेपाली संस्कृति, भाषा र एकताका धरोहर मानिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?